instainsta

उद्योग वाणिज्य महासंघ र थाईल्यान्ड बोर्ड अफ ट्रेडबीच व्यापार प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २० गते
उद्योग वाणिज्य महासंघ र थाईल्यान्ड बोर्ड अफ ट्रेडबीच व्यापार प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर
AdvertisementAds

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र थाइ चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार-व्यवसाय अभिवृद्धि सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। बैंककमा नेपाल र थाइल्यान्डका प्रधानमन्त्रीहरूको उपस्थितिमा भएको समझदारीपत्रमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र थाइ चेम्बर अफ कमर्सका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरे।

समझदारीका मुख्य उद्देश्यहरू नेपाल-थाइल्यान्डबीचको व्यापार तथा आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने, व्यापार र लगानी विस्तारका लागि उचित संरचना विकास गर्ने, व्यापार प्रवर्द्धन, संयुक्त उद्यम, तथा औद्योगिक सहकार्यलाई सशक्त पार्ने, व्यापार मेला र व्यवसायिक फोरमहरूमा सहभागिता बढाउने, साथै विवाद समाधान प्रणालीको प्रवर्द्धन तथा विशेषज्ञता र तालिम आदान-प्रदानलाई बलियो बनाउने रहेको छ।

महासंघका अध्यक्ष ढकालले यस सम्झौताले नेपाल-थाइल्यान्ड व्यापार तथा लगानी प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले महासंघ र थाइ चेम्बर अफ कमर्सबीचको सहकार्यले दुवै देशका व्यवसायीलाई नयाँ अवसरहरू प्रदान गर्ने विश्वास व्यक्त गरे। त्यस्तै, थाइ चेम्बर अफ कमर्सका अध्यक्ष अंगुबोल्कुलले यो साझेदारीले दुवै देशका व्यापारिक समुदायलाई लाभ पुर्‍याउने बताए।

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (BIMSTEC) को छैटौं शिखर सम्मेलनका अवसरमा गरिएको यो समझदारी तीन वर्षसम्म लागू हुनेछ। महासंघले सम्झौताका लक्ष्यहरू कार्यान्वयन गर्न र आपसी सहकार्यका नयाँ सम्भावनाहरू खोज्न तत्पर रहेको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली प्रतिनिधिमण्डल चैत १९ देखि २३ गतेसम्म थाइल्यान्डको औपचारिक भ्रमण तथा BIMSTEC शिखर सम्मेलनमा सहभागी हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स