निर्वाचन अपडेट : चितवनमा ६४ प्रतिशत मत खस्यो, पुरुषभन्दा महिलाको सहभागिता करिब ७ प्रतिशत बढी

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
निर्वाचन अपडेट : चितवनमा ६४ प्रतिशत मत खस्यो, पुरुषभन्दा महिलाको सहभागिता करिब ७ प्रतिशत बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत चितवनमा ६४ प्रतिशतभन्दा बढी मत खसेको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवनका तीन निर्वाचन क्षेत्रमा गरी कुल २ लाख ८३ हजार ४२८ मत (६४.११ प्रतिशत) खसेको हो। जिल्लामा ४ लाख ४४ हजार २८२ मतदाता रहेका थिए।

मतदान प्रतिशतका आधारमा हेर्दा चितवनका निर्वाचन क्षेत्रमा यस्तो स्थिति देखिएको छः

चितवन–३ : ६४.४६ प्रतिशत (सबैभन्दा बढी)

चितवन–१ : ६४.२६ प्रतिशत

चितवन–२ : ६३.५९ प्रतिशत (सबैभन्दा कम)

लैङ्गिक आधारमा विश्लेषण गर्दा महिला मतदाता ६७.२५ प्रतिशत र पुरुष मतदाता ६०.८९ प्रतिशत ले मतदान गरेका छन्। यस आधारमा पुरुषको तुलनामा महिलाको मतदान सहभागिता करिब ७ प्रतिशत बढी देखिएको छ।

माडी, इच्छाकामना जस्ता भौगोलिक रूपमा टाढा रहेका मतदान स्थलबाट मतपेटिका आइपुगेपछि चितवनमा मतगणना सुरु गर्ने तयारी गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स