ट्रम्पको राष्ट्रपति शपथ समारोहमा ठूला कम्पनीहरूले करोडौंको दान दिदै, किन ?



Advertisement
Ads

डोनाल्ड ट्रम्पको राष्ट्रपति शपथ समारोहका लागि अमेरिकी कम्पनीहरूले ठूलो आर्थिक सहयोग गरेका छन्। प्रमुख उड्डयन कम्पनी बोइङले शपथ समारोहका लागि १० लाख अमेरिकी डलर सहयोग गरेको जनाएको छ।


Advertisement

बोइङका अतिरिक्त प्रविधि क्षेत्रका ठूला कम्पनीहरू गुगल र माइक्रोसफ्टले पनि सोही रकम दान गरेको पुष्टि गरेका छन्। तेल उत्पादक कम्पनी शेभरन, साथै टेक्नोलोजी दिग्गज मेटा, अमेजन, र उबर पनि सहयोग गर्ने कम्पनीहरूको सूचीमा समावेश छन्। यसैगरी, कार निर्माता कम्पनीहरू फोर्ड, जनरल मोटर्स, र टोयोटाले पनि शपथ ग्रहण समारोहका लागि एक-एक मिलियन डलर सहयोग गरेका छन्।


Advertisement

विशेषगरी, ठूला कम्पनीहरूले यस्तो सहयोग व्यापारिक लाभ, राजनीतिक पहुँच, र व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न गरेको मानिन्छ। सरकारसँग सम्बन्ध बलियो बनाउन, नीति निर्माणमा प्रभाव बढाउन, र प्रतिस्पर्धात्मक लाभ हासिल गर्न कम्पनीहरूले शपथ समारोहजस्ता राष्ट्रिय कार्यक्रममा ठूलो खर्च गर्ने चलन परम्परागत रूपमा विकसित हुँदै आएको छ।


Advertisement

डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिका रूपमा सपथ ग्रहण गर्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर