आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० जना कर्मचारी माग गरेको छ।
कम्पनीले व्यवस्थापकीय श्रेणीमा वरिष्ठ प्रबन्धक, प्रबन्धक, नायब प्रबन्धक र सहायक प्रबन्धकका लागि ४ जना, अधिकृत श्रेणीमा वरिष्ठ अधिकृत/अधिकृत (कार्यक्रम/अनुगमन अधिकृत) का लागि ६ जना र सहायक श्रेणीमा वरिष्ठ सहायक/सुपरभाइजर (शाखा प्रबन्धक) का लागि १० जना कर्मचारी माग गरेको हो।
तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिले आगामी १५ दिनभित्र अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्।


प्रतिकृया