सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख सुधार आएको छ ।
आजको कारोबार शुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो । त्यसपछि ११ः२१ बजे खुलेको कारोबारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित भएको नेप्सेले जनाएको छ ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार राजनीतिक समीकरण परिवर्तनको प्रभाव पुँजीबजारमा देखिएको हो । “शेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन । सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुनसक्छ”, उनले भने ।
#bajarkochirfar #bazarkochirfar








![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया