SHAREHUB SHAREHUB

कर्जा विस्तार सुस्त हुँदा स्ट्याण्डर्ड चार्टर्डको नाफा १६ प्रतिशतले घट्यो

Advertisement Ads
कर्जा विस्तार सुस्त हुँदा स्ट्याण्डर्ड चार्टर्डको नाफा १६ प्रतिशतले घट्यो
Advertisement Ads

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १६.२९ प्रतिशतले घटेर १ अर्ब ३७ करोड ३३ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६४ करोड ६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घट्नु र इम्पेयरमेन्ट चार्ज बढ्नु बैंकको नाफा घट्नुको मुख्य कारण हो।

दोस्रो त्रैमाससम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद ब्याज आम्दानी ९.१३ प्रतिशतले घटेर १ अर्ब ९७ करोड ४२ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ भने कुल सञ्चालन आम्दानी २.८५ प्रतिशतले घटेर ३ अर्ब १२ करोड ७० लाख ८२ हजार रुपैयाँमा आएको छ। यता, सञ्चालन मुनाफा १६.२१ प्रतिशतले घटेर १ अर्ब ९६ करोड ६४ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने ११.५४ प्रतिशतले बढेर ७७ करोड ५७ लाख २४ हजार रुपैयाँ पुगेको छ।

गत बर्ष २५ करोड ७ लाख रूपैयाँ ऋणात्मक रहेको इम्पेयरमेन्ट चार्ज बढेर ४ करोड ६३ लाख रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा अनुपात ०.१७ प्रतिशतबिन्दुले बढेर १.८८ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ३७ अर्ब ४२ करोड ७३ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ५४ करोड २३ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Advertisement Ads

यस अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ५९.९९ प्रतिशत रहेको छ भने आधार दर ४.७६ प्रतिशत रहेको छ। यता, बैंकको वितरणयोग्य नाफा ९१ करोड २५ लाख ४७ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १८ रुपैयाँ १७ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब १४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। बैंकको प्रतिसेयर आम्दानी ५.३२ रुपैयाँले घटेर २७.३५ रुपैयाँमा आएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २३.१० गुणा रहेको छ।

LATEST Q2 Design Bank 6 https://bajarkochirfar.com/standard-chartereds-profit-falls-16-percent-as-credit-growth-slows | %tags

Q2 LSL https://bajarkochirfar.com/standard-chartereds-profit-falls-16-percent-as-credit-growth-slows | %tags
यो पनि पढ्नुहोस

लक्ष्मी सनराइजको ‘सनसेट’: अर्बौं कमाउने बैंक २७ करोड घाटामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स