नारायणी डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

नारायणी डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखाका लागि दक्ष, परिणाममुखी र योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको छ।

बैंकले हेड–कम्प्लायन्स/रिस्क डिपार्टमेन्ट (अफिसर स्तर), हेड–लीगल डिपार्टमेन्ट (अफिसर स्तर), शाखा प्रबन्धक (सुपरभाइजर/अफिसर स्तर) तथा असिस्टेन्ट (असिस्टेन्ट स्तर) पदमा कर्मचारी माग गरेको हो। यी पदका लागि न्यूनतम स्नातक डिग्री आवश्यक छ भने स्नातकोत्तर तथा चार्टर्ड/सेमी सीए, ACCA वा कानुनमा स्नातकलाई प्राथमिकता दिइनेछ। आवश्यक अनुभव पदअनुसार २ वर्षदेखि ५ वर्षसम्म रहनेछ।

उमेर सीमा असिस्टेन्टका लागि ३५ वर्ष र अन्य पदका लागि ४० वर्ष तोकिएको छ। पुमोरी सफ्टवेयर, हार्डवेयर, नेटवर्किङ, SQL तथा मोबाइल बैंकिङ प्रणालीमा दक्ष उम्मेदवारलाई अतिरिक्त प्राथमिकता दिइनेछ। साथै, स्थानीय उम्मेदवार र दुई पांग्रे सवारी चालक अनुमतिपत्र भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ।

इच्छुक उम्मेदवारले आफ्नो आवेदन, सीभी, फोटो र प्रमाणपत्रसहित २०८२ भदौ २५ गते (१० सेप्टेम्बर २०२५) साँझ ५ बजेभित्र [email protected] मा पठाउन सक्नेछन्।

540626665 1427078835809102 9196273428643028347 n https://bajarkochirfar.com/narayani-development-bank-is-seeking-employees-for-which-positions-can-applications-be-made | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स