महुली लघुवित्तको नाफा २५५.८०% ले बढ्यो, प्रतिसेयर आम्दानी ३०.९६ रुपैयाँमा पुग्यो

महुली लघुवित्तको नाफा २५५.८०% ले बढ्यो, प्रतिसेयर आम्दानी ३०.९६ रुपैयाँमा पुग्यो
Advertisement Ads

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा २५५.८० प्रतिशतले बढेर ११ करोड ४५ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेको र इम्पेयरमेन्ट चार्ज घटेको कारण नाफामा उल्लेख्य वृद्धि भएको हो।

चौथो त्रैमाससम्ममा महुली लघुवित्तको खुद ब्याज आम्दानी ४३.०३ प्रतिशतले बढेर ३६ करोड ७३ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ३६.३० प्रतिशतले बढेर ४१ करोड ९७ लाख रुपैयाँमा पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज ३ करोड ७७ लाख रुपैयाँबाट घटेर १ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ।

लघुवित्तको खराब कर्जा अनुपात ०.८६ प्रतिशतबिन्दुले बढेर ४.८० प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब १० करोड सापटी र १ अर्ब ८३ करोड निक्षेप बाट कुल ४ अर्ब ७४ करोड ३ लाख रुपैयाँ संकलन गरी ५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Advertisement Ads

महुली लघुवित्तको चुक्ता पूँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १२ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा ४२ करोड ३१ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसाले बढेर ३० रुपैयाँ ९६ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ३९ पैसा रहेको छ।

यस्तै, समीक्षावधिमा महुली लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसा पुगेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात (PE Ratio) ४१.८६ गुणा रहेको छ भने पूँजी कोष अनुपात (Capital Fund to RWA) ११.४६ प्रतिशत पुगेको छ।

त्यस्तै, कोषको लागत (Cost of Fund) ७.५१ प्रतिशत, आधार दर (Base Rate) १२.६८ प्रतिशत र ब्याजदर स्प्रेड (Interest Rate Spread) ७.०४ प्रतिशत रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

MSLB 1 https://bajarkochirfar.com/mahuli-laghubittas-profit-increases-by-255-80-earnings-per-share-reaches-rs-30-96 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स