होटल गरिमा लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।
सम्झौतामा होटेल गरिमा लिमिटेडको तर्फवाट प्रबन्ध संचालक बिनोद पौडेल तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। कम्पनीले सर्वसाधारणका लागि रु.१०० अंकित दरका ४० लाख कित्ताले हुन आउने रु.४० करोड रकम बराबरको साधारण सेयर निष्काशनको तयारी गरेको हो।
कम्पनीले कोशी प्रदेशको इटहरीमा पाँचतारे स्तरको होटेल सोल्टी वेस्टेन्ड इटहरी संचालन गरिरहेको छ । सोल्टी होटल एण्ड रिसोट समूहबाट ब्यवस्थापन गरिएको यस होटलमा एउटा रोयल सुइट, आठ वटा सुइट, आठवटा एक्जेक्युटिभ रुम, ५८ वटा डिलक्स रुम छन् भने ७ वटा स्टुडियो रुम छन्। होटलमा दुई व्यांकेट, तीनवटा सेमिनार हल, “नुवाड थाई” ब्रान्डबाट व्यवस्थापन गरिएको स्पा, जिम तथा रेष्टुरेण्ट क्याफे लाउन्ज लगायत विभिन्न सुविधा छन् ।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)
प्रतिकृया