कृषि विकास बैंक लिमिटेडले आगामी मंसिर २९ गते साधारणसभा गर्ने निर्णय गरेको छ। मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा भक्तपुरको बोदेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।
सभाले ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै अग्राधिकार सेयर पूँजीमा ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गर्नेछ। सभामा गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा बैंकको प्रबन्धपत्र–नियमावलीमा आवश्यक संशोधन गरी सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि रहेको छ।
लाभांश तथा साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।



















प्रतिकृया