SHAREHUBSHAREHUB

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर बिकीमा, कहाँबाट दिने आवेदन ?

AdvertisementAds
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर बिकीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकका अनुसार केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने इच्छा व्यक्त गर्दै निवेदन दिएपछि उक्त सेयर बिक्री प्रक्रिया अघि बढाइएको हो। बैंकले बिक्री हुने सेयरको कित्ता संख्या भने सार्वजनिक गरेको छैन।

यस संस्थापक सेयर खरिदका लागि व्यक्ति तथा कम्पनी दुवैले आवेदन दिन सक्ने बैंकले जनाएको छ।

यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीहरूका लागि गत पुस १ गते ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो। तर तोकिएको समयावधिभित्र कुनै पनि संस्थापक सेयरधनीबाट लिखित जानकारी प्राप्त नभएकाले अब सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको बैंकले स्पष्ट पारेको छ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा आवेदन दिनुपर्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स