विजय लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ आज (माघ ६ गते) बाँडफाँड हुँदैछ। बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले आज बिहान ९ बजे एफपीओ बाँडफाँड गर्ने तयारी गरेको छ।
कम्पनीले पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ६६ हजार ८ सय १७ कित्ता एफपीओ निष्काशन गरेको थियो।
नेपाल धितोपत्र बोर्डले मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको थियो। एफपीओ निष्काशनपछि कम्पनीमा संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीबीचको सेयर स्वामित्व अनुपात ७०:३० कायम हुनेछ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया