नेपाल बैंकर्स संघको नेतृत्वका लागि दुई दाबेदार, कुर्सी कसको भागमा?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २७ गते
नेपाल बैंकर्स संघको नेतृत्वका लागि दुई दाबेदार, कुर्सी कसको भागमा?

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संस्था नेपाल बैंकर्स संघको आगामी अध्यक्ष चयनका लागि दुई उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्।

माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनले संघको नेतृत्वका लागि उम्मेदवारी दिएका हुन्। कोइराला हाल संघको उपाध्यक्षको भूमिकामा छन्।

संघको नयाँ नेतृत्व ३८औं वार्षिक साधारणसभाबाट पुस ३ गते चयन हुनेछ। पछिल्लो एक दशकदेखि संघको अध्यक्ष उपाध्यक्षबाटै चयन हुने परम्परा रहँदै आएको छ। यसअघि उपेन्द्र पौडेल, राजनसिंह भण्डारी, अनिल शाह, ज्ञानेन्द्र ढुंगाना, भुवन दहाल, अनिल उपाध्याय, र सुनिल केसी उपाध्यक्षबाट अध्यक्ष बनेका थिए। हाल संघको अध्यक्षमा सुनिल केसी रहेका छन्।

यो पटक भने अध्यक्ष चयनका लागि निर्वाचनको आवश्यकता पर्ने देखिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स