लाभांश पारित गर्दै नेपाल टेलिकमको साधारणसभा सम्पन्न, आजैदेखि सेयरधनीहरुको खातामा लाभांश जम्मा हुने

लाभांश पारित गर्दै नेपाल टेलिकमको साधारणसभा सम्पन्न, आजैदेखि सेयरधनीहरुको खातामा लाभांश जम्मा हुने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को अठारौँ वार्षिक साधारणसभा आज पुस ३० गते सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले उक्त लाभांश रकम पुस ३० गतेदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था गरेको छ ।

साधारणसभामा करिब ९१.५६ प्रतिशत सेयर प्रतिनिधित्व गर्ने सेयरधनीहरुको उपस्थिति रहेको थियो । सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु माथि छलफल गरी सर्वसम्मत रुपमा पारित गरेको हो ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स