SHAREHUBSHAREHUB

मितेरी डेभलपमेन्ट बैंकको ७८ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

AdvertisementAds
मितेरी डेभलपमेन्ट बैंकको ७८ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
AdvertisementAds

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीका लागि उपलब्ध गराएको छ। बैंकले जारी गरेको सूचनाअनुसार, संस्थापक सेयरधनीको नाममा रहेको ७८,५७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

यो सेयर खरिदका लागि केवल बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले सुनसरी, धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा काठमाण्डौस्थित सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालयमा आवेदन बुझाउनुपर्नेछ। आवेदनको समय सीमा, सूचना प्रकाशित भएको ३५ दिन भित्र तोकिएको छ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नआएमा, बाँकी सेयर अन्य व्यक्ति वा संघ–संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स