SHAREHUBSHAREHUB

कहिलेसम्म सेयरधनी बने पाइन्छ माउन्टेन इनर्जीको २१ प्रतिशत लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २७ गते
AdvertisementAds
कहिलेसम्म सेयरधनी बने पाइन्छ माउन्टेन इनर्जीको २१ प्रतिशत लाभांश ?
AdvertisementAds

माउन्टेन इनर्जी नेपाल नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने मंसिर १६ गते अन्तिम दिन रहेको छ। लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।जस अनुसार, मंसिर १६ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन सक्नेछन्।

कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले हाल कायम चुक्ता पुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअन्तर्गत २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ। उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर २९ गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीका अनुसार विद्युत नियमन आयोगको स्वीकृतिपछि साधारणसभाको प्रक्रिया अगाडि बढाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स