SHAREHUBSHAREHUB

कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

AdvertisementAds
कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?
AdvertisementAds

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १८औँ वार्षिक साधारण सभा डाकेको छ। माघ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले फागुन १० गते आइतबार बिहान ८ बजेदेखि वीरगञ्जस्थित बैंकको प्रधान कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति (मर्जर/एक्विजिसन) सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ।

यसका साथै बैंकको सेयर स्वामित्व संरचना परिवर्तन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ। हाल कायम रहेको ७० प्रतिशत संस्थापक सेयरधनी समूह र ३० प्रतिशत सर्वसाधारण सेयरधनीको स्वामित्वलाई संशोधन गरी संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम गर्ने गरी बैंकको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा सो अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

AdvertisementAds

वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले माघ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स