मेची भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ। सो अवधिमा ८ अर्ब ६१ करोड २० लाख ७ हजार बराबरको अलैँची निर्यात भएको कार्यालयले जनाएको छ।
भन्सारका सूचना अधिकारी ईश्वरकुमार हुमागाईं का अनुसार चालू आवको अहिलेसम्म ४ हजार १५३ दशमलव १५ मेट्रिक टन अलैँची निर्यात भएको छ। अघिल्लो आव २०८१/८२ को सोही अवधिमा करिब ५ अर्ब ३८ करोड ८० लाख २० हजार बराबरको अलैँची निर्यात भएको थियो।
कार्यालयको तथ्यांकअनुसार चालु आवको १० महिनामा चियाको निर्यात २६ दशमलव ७० प्रतिशतले घटेको छ। सो अवधिमा २ अर्ब ३२ करोड १२ लाख ५६ हजार बराबरको चिया निर्यात भएको छ। अघिल्लो आव २०८१/८२ को सोही अवधिमा ३ अर्ब १६ करोड ६२ लाख १३ हजार बराबरको चिया निर्यात भएको थियो।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया