अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्न २२औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले उक्त सभा पुस २९ गते, मंगलबार, काठमाडौँको कार्की ब्याङ्क्वेट, बबरमहलमा बिहान ११ बजे आयोजना गर्ने जनाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, हकप्रद सेयरबाट प्राप्त रकम दिव्यज्योति हाइड्रोपावरद्वारा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्ने, यससम्बन्धी कार्य गर्न तथा अपि होल्डिङ्स कम्पनीमा हालसम्म भएको स्वपूँजी लगानी अनुमोदन र थप लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।



















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया