लाभांश र हकप्रद प्रस्ताव पारित गर्दै अपि पावरको वार्षिक साधारणसभा सम्पन्न

लाभांश र हकप्रद प्रस्ताव पारित गर्दै अपि पावरको वार्षिक साधारणसभा सम्पन्न
Photo Credit: Business Pana

अपि पावर लिमिटेडको २२औँ वार्षिक साधारणसभा आज कम्पनीकी अध्यक्ष सिर्जना खड्काको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण अनुमोदन गर्नुका साथै आ.व. २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरेको छ।

विशेष प्रस्ताव अन्तर्गत, बोनस सेयरपछि कायम हुने चुक्ता पूँजी ६३७.९७ करोड रुपैयाँको १ सेयर बराबर ०.३० का दरले १९१.३९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिएको छ। हकप्रदबाट उठ्ने रकम दिब्यज्योति हाइड्रोपावर लिमिटेडको ५० मेगावाट मस्याङ्दी बेसी जलविद्युत आयोजनामा स्वपूँजी लगानी गरिने कम्पनीले जनाएको छ।

सभाले पूँजी संरचना संशोधन, नियामक निकायसँग सम्बन्धित कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा अपि होल्डिङ्स कम्पनीमा थप लगानी गर्न स्वीकृति दिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स