नापजाँच सकिएको ४ वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए जग्गाधनी पुर्जा

नापजाँच सकिएको ४ वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए जग्गाधनी पुर्जा
Advertisement Ads

नापजाँच सम्पन्न भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। भूमि समस्या समाधान समितिले साविक निलबाराही गाविसअन्तर्गत नापजाँच भएका गाउँ ब्लक (स्ववासी) जग्गाको आवश्यक प्रक्रिया पूरा गरी पुर्जा वितरण गरेको हो।

साविक निलबाराही गाउँ विकास समिति वडा नं. २, ३, ४, ५, ६ र ७ मा पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको थियो। उक्त क्षेत्रलाई स्थानीयस्तरमा ‘बोदे गाउँ’का नामले चिनिने पुरानो नेवारी बस्तीका रूपमा लिइन्छ।

नापजाँच सकिए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो। आयोगबाट नापनक्सा भइसकेका जग्गाको बाँकी प्रक्रिया पूरा गरेपछि अहिले ४२१ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।

जग्गाधनी पुर्जा पाएसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ४२१ परिवारले आफ्नो जग्गामाथि औपचारिक कानुनी स्वामित्व प्राप्त गरेका छन्।

WhatsApp Image 2026 08 13 at 13.45.45 https://bajarkochirfar.com/4-years-after-survey-421-families-in-bhaktapur-receive-land-ownership-certificates | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स