instainsta

सेयर बजार व्यापक बढ्छ, लगानीकर्ता मालामाल हुन्छन् : दुर्गा प्रसाद काफ्ले

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार ३० गते
सेयर बजार व्यापक बढ्छ, लगानीकर्ता मालामाल हुन्छन् : दुर्गा प्रसाद काफ्ले
AdvertisementAds

बजारको चिरफारको पोड्कास्ट ‘अब के हुन्छ ?’ को नवौं एपिसोडमा सत्ता समीकरणमा आएको परिवर्तनले सेयरबजारमा पार्ने प्रभावका बारेमा लगानीकर्ता दुर्गा प्रसाद काफ्लेसँग विशेष कुराकानी गरेका छौं।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सरकार ढलेसंगै अब आउने केपी ओलीको नयाँ सरकारमा सेयर बजार सकारात्मक हुने कुरामा काफ्ले विश्वस्त छन्। काफ्ले भन्छन, “विगतमा केपी ओलीको सरकार बन्दा बजार व्यापक बढेको थियो। चाहे त्यो कोरोनाको बेलामा होस् या नाकाबन्दीको बेला होस् सेयर बजार बुलिश ट्रेन्डमा गएको थियो र त्यो बेला केपी शर्मा ओली प्रधानमन्त्री थिए।”

अहिलेको माहोल तासको खेलमा एक्का ट्रायल परेजस्तो भएको पनि काफ्ले बताउँछन्। अहिले बजारलाई ब्याजदर, सरकार, राष्ट्र बैंकको नीति लगायत सबै कुराले साथ दिँदै गएको भन्दै आउने मौद्रिक नीतिले सेयर बजारमा झनै सकारात्मक प्रभाव पार्ने उनको विश्लेषण छ।

लो क्याप कम्पनीहरुको सेयर मूल्य मात्रै बढिरहेको छ, हाई क्याप कम्पनीका सेयर किनेर होल्ड गर्ने लगानीकर्ताहरु आजित भईसके भन्ने प्रश्नको जवाफ दिँदै काफ्ले भन्छन्, “विगतमा केपी ओलीको सरकार ढल्यो त्यसपछि ठूला लगानीकर्ताको मनोबल कमजोर भएर उनीहरुले सेयर बजारबाट लगानी झिके। त्यसपछि सानो सेक्टरमा कम रकम लगानी गर्ने लगानीकर्ता मात्रै बाँकी रहे तर अब एमालेको सरकार आएसंगै ठूला लगानीकर्ताहरु फेरी बजार प्रवेश गर्छन। ठूला लगानीकर्ताहरुले बलियो वित्तिय विवरण भएका कम्पनीहरु किन्ने हुँदा अब हाई क्याप सेक्टरका कम्पनीहरुको मूल्य बढ्छ। ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स