अर्थमन्त्री पौडेल भन्छन्, ‘‘फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ’’

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ३ गते
अर्थमन्त्री पौडेल भन्छन्, ‘‘फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ’’

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग कुरा गर्दै उनले त्यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले आफूहरु सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचीमा अर्को फोटो टाँस्नका लागि मात्रै सरकारमा सहभागी नबनेको जिकिर गरे। अहिले देश साँच्चै नै अप्ठ्यारो स्थितिमा रहेको बताउदै उनले अहिले देशको स्थितिलाई महशुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको बताएका छन् ।

‘‘हामी सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने, प्रधानमन्त्रीको सूचीमा तीन पटक फोटो टाँसेको हुनाले चौंथो पटक फोटो टाँस्न जाने, हाम्रो अहिलेको प्रधानमन्त्री चौंथो चोटी फोटो टाँसेर भूतपूर्व प्रधानमन्त्री बन्न आइरहनुभएको होइन । अहिले हामीले देश साँच्चै अप्ठ्यारो स्थितिमा रहेको महशुस गरेका छौँ । यो स्थितिको सामना कसरी गर्ने ? हेरेर बस्ने की समाधानका लागि अघि बढ्नेभन्दा हामी अघि बढ्ने सोचेर आयौँ ।,’’ अर्थमन्त्री पौडेलले भने, ‘‘तर्क छन् नि मुख्य ठुला पार्टी मिलेर सरकार बनाउनु हुँदैन, त्यसो गर्दा प्रतिपक्ष कमजोर हुन्छ, सरकार स्वेच्छाचारी हुन्छ, लोकतन्त्र कमजोर हुन्छ, निरङ्कुशता बढ्छ आदी । हामी मेजर पार्टीहरु बेलाबेलामा मिलेका छौँ र बेला बेलामा प्रतिस्पर्धा गरेका छौँ ।’’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स