सिद्धार्थ बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ। यससँगै नेपाल धितोपत्र बोर्डबाट अग्राधिकार सेयर जारी गर्ने अनुमति पाउने बैंकको संख्या चार पुगेको छ।
धितोपत्र बोर्डले आज सिद्धार्थ बैंकलाई ३ अर्ब ५० करोड रुपैयाँ बराबरको अविमोच्य अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको हो। बैंकले १०० रुपैयाँ अंकित दरमा कुल ३ करोड ५० लाख कित्ता अग्राधिकार सेयर जारी गर्नेछ।
सिद्धार्थ बैंकको अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत तोकिएको छ र यो लाभांश केवल मुनाफा भएको वर्षमा वितरण गरिनेछ। अग्राधिकार सेयरको बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटलले पाएका छन्।
पहिले, वाणिज्य बैंकतर्फ नबिल बैंक र एनएमबि बैंकले, र विकास बैंकतर्फ कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाइसकेका छन्। यसअघि नबिल बैंकले ५ अर्ब रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब रुपैयाँ र कामना सेवा विकास बैंकले ३५ करोड रुपैयाँबराबर अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएका थिए।




















प्रतिकृया