नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा ओइरो, किन पहिलो दिनमै ओभरसब्सक्राइब भयो?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १२ गते
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा ओइरो, किन पहिलो दिनमै ओभरसब्सक्राइब भयो?

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ निष्काशनको पहिलो दिनमै ओभर सब्सक्राइब्ड भएको छ।  नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारण लागि आइतबार फागुन ११ गतेदेखि आइपीओ निष्काशन गरेको हो।सीडीएससीका अनुसार आज सोमबार बिहान १० बजेसम्म नेपाल माइक्रो को आइपीओमा ७ लाख १७ हजार ३४५ आवेदकहरूले ९४ लाख ४० हजार ४१० कित्ता सेयरको लागि आवेदन दिएका छन्, जुन माग ५.११ गुणा बढी रहेको छ।

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ प्रति लगानीकर्ताको अत्यधिक आकर्षण देखिएको छ, जसका कारण पहिलो दिनमै ओभरसब्सक्राइब भएको छ। माइक्रो इन्स्योरेन्स सेक्टरको नयाँ कम्पनी हुनुका साथै सीमित संख्यामा सेयर जारी गरिएकोले लगानीकर्ताको चासो बढेको हो। साथै, माइक्रो इन्स्योरेन्स सेक्टरको भर्खरै आईपीओ जारी गरेको कम्पनी गार्डियन माइक्रोको आइपिओ नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार भएपछि लगातार सर्किट लागिरहेकाले पनि लगानीकर्ताहरू अझ बढी आकर्षित भएका छन्।

नेपाल माइक्रो इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको थियो। जसमा कुल निष्कासनको १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँ बराबरका २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका बिक्री गरिसकेको छ। कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता सुरक्षित गरिएको छ।

बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरमा हिजो फागुन ११ गतेदेखि सर्वसाधारणले लागि आइपीओ निष्काशन गरिएको हो। आवेदन फागुन १५ सम्म दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ता सम्म आवेदन दिन सक्नेछन्। आइपीओको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ। आइपिओमा आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र अनलाईनबाट मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स