नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ भर्ने १७ लाख १८ हजार बढीकाे हात खाली हुने भएकाे छ ।
फाल्गुन ११ गतेदेखि फाल्गुन १५ गतेसम्म खुलेको यस आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १२.८७ गुणा बढी आवेदन परेको छ। यसरी, १९ लाख २ हजार ९८४ जना आवेदकमध्ये करिब १७ लाख १८ हजार ४८४ जनाले सेयर पाउने संभावना नरहेको देखिएको छ।
सीडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार फाल्गुन ११ गतेदेखि फाल्गुन १५ गतेसम्म निष्काशन गरिएकाे नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा कुल १९ लाख २ हजार ९८४ जनाले २ करोड ४५ लाख ४ हजार ३१० कित्ताको लागि आवेदन दिएका छन् ।
प्रतिव्यक्ति न्यूनतम १० कित्ताका दरले बाँडफाँट गरिने भएकोले, १८ लाख ४५ हजार कित्ताबाट करिब १ लाख ८४ हजार ५ सय जनालाई १०-१० कित्ताका दरले आईपीओ बाँडफाँट गरिनेछ। आवेदन दिने मध्ये १ लाख ८४ हजार ५०० जनाले १०-१० कित्ताको दरले सेयर हात पार्नेछन भने १७ लाख १८ हजार ४८४ जनाको हात खाली हुनेछ ।














![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)






प्रतिकृया