insta insta

नेपाली सेनाले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुनमा दिन सकिन्छ आवेदन ?

नेपाली सेनाले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुनमा दिन सकिन्छ आवेदन ?
Advertisement Ads

नेपाली सेनाले पुजारीदेखि सैनिक इन्जिनियरसम्मका विभिन्न प्राविधिक तथा हवाई पदहरूमा ३८८ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ।

जङ्गी अड्डास्थित नेपाली सेना भर्ना छनौट निर्देशनालयले नर्सिङ, ओभरसियर, भेहिकल मेकानिक्स, भिडिओग्राफर लगायतका पदहरूका लागि प्राविधिक कर्मचारी माग गरिएको जानकारी दिएको छ। सेनाले स्वास्थ्य, इन्जिनियरिङ, प्राविधिक र हवाईतर्फ आवश्यक पदपूर्ति गर्न भर्ती प्रक्रिया सुरु गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुरमा माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन्। दरखास्त शुल्क पदअनुसार ४००, ३०० र २०० रुपैयाँ तोकिएको छ भने अन्य समूहमा दरखास्त दिनेले तोकिएको शुल्कमा थप २० प्रतिशत रकम बुझाउनुपर्नेछ।

Nepal army notice1 scaled https://bajarkochirfar.com/nepal-army-has-asked-for-a-large-number-of-employees-in-which-positions-can-applications-be-submitted | %tags

nepal army notice 2 scaled https://bajarkochirfar.com/nepal-army-has-asked-for-a-large-number-of-employees-in-which-positions-can-applications-be-submitted | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स