नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा दोस्रोदिनसम्म १ करोड २५ लाख ९६ हजार ५४० कित्ताका लागि आवेदन दिएका छन् । नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारण लागि आइतबार फागुन ११ गतेदेखि आइपीओ निष्काशन गरेको हो। सीडीएससीका अनुसार आज सोमबार बेलुका ५ बजेसम्म नेपाल माइक्रोको आइपीओमा ९ लाख ६५ हजार २२१ आवेदकहरूले १ करोड २५ लाख ९६ हजार ५४० कित्ता सेयरको लागि आवेदन दिएका छन्, जुन माग ६.८२ गुणा बढी रहेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको थियो। जसमा कुल निष्कासनको १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँ बराबरका २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका बिक्री गरिसकेको छ। कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता सुरक्षित गरिएको छ।
बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरमा हिजो फागुन ११ गतेदेखि सर्वसाधारणले लागि आइपीओ निष्काशन गरिएको हो। आवेदन फागुन १५ सम्म दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ता सम्म आवेदन दिन सक्नेछन्। आइपीओको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ। आइपिओमा आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र अनलाईनबाट मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।











![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)






![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया