insta insta

नेपाली सेनाले एकैपटक माग्यो ३६ सय कर्मचारी

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २८ गते
नेपाली सेनाले एकैपटक माग्यो ३६ सय कर्मचारी
Advertisement Ads

नेपाली सेनाले देशभरका विभिन्न पृतना, गण र बाहिनीहरूमा ठूलो संख्यामा सैनिक भर्ना प्रक्रिया सुरु गरेको छ। जंगी अड्डाले एकैपटक ३६ सय सैनिक पदका लागि दरखास्त आह्वान गर्दै नयाँ भर्ती अभियान सार्वजनिक गरेको हो।

नवीन भर्ना अभियानअन्तर्गत उपत्यका पृतना, नारायणहिटीमा मात्रै ३५० जनाको कोटा तोकिएको छ। यो कदम राजधानीमा सेनामाथि हालै उत्पन्न विभिन्न राजनीतिक विवाद र आरोप–प्रत्यारोपको बीचमा आएको हो।

भर्ना प्रक्रिया अनुसार सबैभन्दा धेरै पद उत्तरपश्चिम पृतना मुख्यालय, सुर्खेतका लागि खुलाइएको छ, जहाँ ४२५ जना सैनिक भर्ना गरिनेछन्। त्यसैगरी, मध्यपश्चिम पृतना मुख्यालय, बुटवलका लागि ३०० जना, नम्बर–४ बाहिनी, नेपालगञ्ज र सुदूरपश्चिम पृतना मुख्यालय, भगतपुरमा क्रमशः २५०–२५० जना, पूर्वी पृतना मुख्यालय, इटहरीमा २०० जना, र पश्चिम पृतना मुख्यालय, विजयपुरमा १७५ जनाको माग गरिएको छ।

यस्तै, नम्बर–२५ बाहिनी अड्डा, भगतपुरले पनि १५० जना नयाँ सैनिक भर्ना गर्ने सूचना प्रकाशित गरेको छ।

Armys 768x1185 1 https://bajarkochirfar.com/nepal-army-asks-for-3600-employees-at-oncenepal-army-asks-for-3600-employees-at-once | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स