दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।
भीमसेनको मूर्तिमा शनिबार दिउँसो १: ४७ बजेदेखि पसिना आएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार, शनिबार दिउँसो ३: ५१ बजेसम्म शिलामा पसिना आएको थियो । मूर्तिको बायाँ भागमा पसिना आएको उनले बताएका छन् ।
दोलखा भीमसेनमा पसिना आएपछि देशमा ठुला प्राकृतिक वा राजनैतिक परिवर्तनहरुको संकेतको रुपमा मानिन्छ |
शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ भने शिलाको पसिना पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन रहेको छ ।
भीमसेनलाई पसिना आएको घटनाको इतिहास
वि सं. १९९० सालको भूकम्प भन्दा अगाडि भीमसेनको मूर्तिमा पसिना आएको थियो।
वि.सं. २००७ सालमा जब दोलखा भीमसेनलाई पसिना आएको भनिएको थियो तब नेपालमा राणा शासनको अन्त्य भइ प्रजातन्त्रको स्थापना भएको थियो।
वि.सं. २०४६ सालमा दोलखा भीमसेनलाई पसिना आउँदा प्रजातन्त्रको पुनर्स्थापनाको आन्दोलन भएको थियो उक्त समयमा नेपालको राजनैतिक परिवेशमा ठुलो परिवर्तन आएको इतिहास छ।
वि.सं. २०५८ सालमा राजपरिवार हत्याकाण्ड हुनुभन्दा एक महिनाअघि भीमसेनलाई पसिना आएको थियो।
वि.सं. २०६२/६३ सालको जनआन्दोलन भन्दा २६ दिन पहिले भीमसेनको मूर्तिमा पसिना आएको स्थानीयले बताएका छन्। त्यस्तै वि.सं. २०७२ सालको भूकम्प अघि पनि दोलखा भीमसेनमा पसिना आएको थियो जुन भूकम्पबाट नेपालले करोडौंको जनधनको क्षति भोग्नु पारेको थियो।















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)




![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया