आज घट्यो काउलीको मूल्य, अन्य तरकारी कतिमा किन्न पाइन्छ ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २५ गते
आज घट्यो काउलीको मूल्य, अन्य तरकारी कतिमा किन्न पाइन्छ ?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज काउली, मूला र बोडीको भाउ घटेको छ ।

आज काउली ६५ रुपियाँ किलोमा किनबेच हुँदैछ, जुन हिजो ९५ रुपियाँ थियो । आज ३० रुपियाँले घटेको हो ।

त्यस्तै, मूला १० रुपियाँ घटेको छ । अघिल्लो दिन ५५ मा कारोबार भएको सेतो मूला शुक्रबार ४५ रुपियाँ पुगेको हो ।

साथै, तनेबोडी पनि किलोमा २० रुपियाँले घटेको छ । आज ५५ रुपियाँ रहेको तनेबोडी हिजो प्रतिकिलो ७५ रुपियाँ थियो ।

दैनिक मूल्यहरु – वि.सं. साउन २५, २०८१

स्रोत: कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स