कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ ।
जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी मालदह आँप १३० रुपैयाँ तथा दसहरी आँप १०० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भैरहेको छ । अनारको ३००, केरा १३० रुपैयाँ दर्जन, हरियो तरबुजा ६०, लोकल काक्रो ७०, भारतीय मेवा ९० किवि ५००, आभोकाडो ५५०, चुकुन्दर ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार लोकल सानो गोलभेडा २० र नेपाली ठुलो गोलभेडा ७०, अदुवा १८०, रातो आलु ६५ रुपैयाँमा कारोबार हुदाँ स्थानीय काउली ८०, लौका ३०, कागती २२० पुग्यो भने हिजोको तुलनामा कागती २० रुपियाँले बढेको हो त्यस्तै, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १० रुपियाँले बढेर आज ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १०० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ४०, हाइब्रीड सेतो मूला २५ रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ६० र राजमा घिउ सिमी १३० रुपैयाँ, पाकेके फर्सी ६० र हरियो डल्लो फर्सी ६० रूपैयामा खरिदबिक्र हुदैछ भने रायोको साग ८० रुपैयाँमा खरिदबिक्री हुँदा हुदैछ ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, हरियो प्याज १६० र पुदीना ५०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ११०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १३० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ५० र हरियो धनिया २०० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २३० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २४० र रहु माछा ३४० रुपैयाँमा किनबेच भइरहेको छ ।
दैनिक मूल्यहरु – वि.सं. साउन १५, २०८१












![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया