कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विहिबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ ।
जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी मालदह आँप १३० रुपैयाँ तथा दसहरी आँप १३० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भैइरहेको छ । अनारको २८०, केरा १३० रुपैयाँ दर्जन, हरियो तरबुजा ६०, लोकल काक्रो ७०,आभोकाडो ५५०, चुकुन्दर ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार लोकल सानो गोलभेडा २० र नेपाली ठुलो गोलभेडा ७०, अदुवा २२०, रातो आलु ६५ रुपैयाँमा कारोबार हुदाँ स्थानीय काउली ८०, लौका ३०, कागती २२० त्यस्तै, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ९० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ५५ , हाइब्रीड सेतो मूला २० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ६० र राजमा घिउ सिमी १३० रुपैयाँ, पाकेको फर्सी ६० र हरियो डल्लो फर्सी ५० रुपैयाँमा खरिदबिक्री हुदैछ भने रायोको साग ७० रुपैयाँमा खरिदबिक्री हुँदा हुदैछ ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, हरियो प्याज १३० र पुदीना ५०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली १३०, चाइनिज सुकेको लसुन २४० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ४० र हरियो धनिया २०० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २३० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५० र रहु माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।



![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया