राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि करार सेवामा ४ हजार ४३९ जनाको माग गरेको छ । कार्यालयले आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षणका लागि ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणक आवश्यक रहेको सूचना प्रकाशित गरेको हो ।
सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण र गणक पदका लागि कम्तीमा कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्ने जनाएको छ । साढे दुई महिनाको करार अवधिका सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था गरिएको छ ।
सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन अनलाइनमार्फत पेश गर्नुपर्ने र आवेदकहरूको छनोट सर्टलिस्ट र अन्तर्वार्ताका आधारमा गरिने कार्यालयले जनाएको छ।


प्रतिकृया