प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम-संस्कृति पार्टीकी समानुपातिक सांसद रुबीकुमारी ठाकुर निर्वाचित हुने पक्का भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई समर्थन गर्ने निर्णय गरेसँगै ठाकुरको भाग्य खुलेको हो।
जेनजी आन्दोलनको बलमा भएको चुनावले उपसभामुख पदमा जेनजी युवतीलाई स्थापित गर्ने भएको छ। उनी वर्तमान संसदकै कान्छी सदस्य हुन्। धनुषाको सामान्य परिवारमा जन्मिएकी रुबीकुमारीसँग पहिले कुनै राजनीतिक पृष्ठभूमि थिएन। उनका बाबु सोगराथ ठाकुर वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् भने आमा रेणु गृहणी हुन्। परिवारको जीविकोपार्जन दुई घाँटी जमिनमा खेती र बाबुले पठाउने रेमिट्यान्सबाट भएको छ। एसईई उत्तीर्ण गरेपछि उनी धनुषाकै बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लोमा (इन्जिनियरिङ) पूरा गरेकी हुन्। सांसद बन्नुअघिसम्म उनी वस्तु आर्किटेक्चर कन्सल्टेन्सीमा काम गर्थिन् र मासिक २० हजार जति कमाउँथिन्।
चुनावी अभियानका क्रममा हर्क साम्पाङ धनुषा पुगेका बेला पहिलो पटक भेटिएकी रुबी साम्पाङबाट प्रभावित भइन् र श्रम-संस्कृति पार्टीको चुनाव प्रचारमा सक्रिय भइन्। त्यसैबापत पार्टीले उनलाई मधेसी महिला कोटाबाट समानुपातिकमा सिफारिस गरेको थियो। उपसभामुख पदका लागि ठाकुरको समर्थकको रूपमा रास्वपाका सांसद अशोक कुमार चौधरी रहनेछन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सांसद सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गराएकी छन्। लामाले प्रस्तावकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही राखेका छन् भने समर्थकमा खुस्बु ओली, ताहिर अली र भरत गिरी रहेका छन्।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया