अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। रिक्त पदहरूमा अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक (प्रशिक्षार्थी) समावेश छन्। योग्यता अनुसार अनुभव र शैक्षिक प्रमाणपत्र अनिवार्य रहेको छ। योग्य नेपाली नागरिकहरूले २० गतेसम्म दरखास्त फाराम, बायोडाटा, नागरिकता, फोटो र शैक्षिक तथा कार्य अनुभव प्रमाणपत्रसहित आवेदन दिन सक्नेछन्।
उमेरको हद अधिकृत पदमा २१–४० वर्ष र सहायक पदमा १८–३५ वर्ष, महिला आवेदकका लागि ५ वर्ष बढी छ। आवेदन फाराम संस्थाको (वेबसाइट) बाट डाउनलोड गर्न सकिन्छ।


प्रतिकृया