insta insta

नारायणी डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

नारायणी डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
Advertisement Ads

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चितवनको भरतपुर महानगरपालिका–१० स्थित केन्द्रीय कार्यालयमा विभिन्न पदमा आवेदन खुलाएको छ। बैंकले जोखिम विभागका लागि चिफ रिस्क अफिसर (१) पदमा योग्य उम्मेदवार खोजिरहेको छ। यस पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक डिग्री अनिवार्य छ। CA, Semi-CA वा ACCA योग्यताका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। न्यूनतम ५ वर्ष बैंकिङ अनुभव हुनु आवश्यक छ र हाल कुनै बैंक वा वित्तीय संस्थामा कम्तिमा एक स्तर तलको पदमा कार्यरत हुनुपर्नेछ। उम्मेदवारले NRB निर्देशिका, बैंकिङ सञ्चालन र जोखिम मूल्याङ्कनमा राम्रो ज्ञान राख्नुपर्छ। उमेर ४० वर्ष नबढेको हुनुपर्नेछ।

त्यस्तै, योजना तथा विकास विभागका लागि अफिसर (१) पद खुला गरिएको छ। यसका लागि स्नातकोत्तर डिग्री अनिवार्य छ। उम्मेदवारसँग रणनीतिक नेतृत्व, योजना, परियोजना व्यवस्थापन, नीति विकास, व्यवसाय विश्लेषण र संस्था सुदृढीकरणमा अनुभव आवश्यक छ। उमेर ३५ वर्ष नबढेको हुनुपर्छ।

इच्छुक उम्मेदवारहरूले आवेदन पत्र, अपडेटेड CV, पासपोर्ट साइज फोटो, शैक्षिक प्रमाणपत्र र कार्य अनुभवको प्रतिलिपि [email protected] मा मंसिर १७ गते ५:०० बजेभित्र पठाउनुपर्नेछ।

Narayani Vacancy 19th Nov 2025 pdf e1763621167758 https://bajarkochirfar.com/job-openings-have-been-opened-at-narayani-development-bank-for-which-positions-can-you-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स