चिनियाँ ईभी ब्रान्ड डोङफेङको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘फोरथिङ फ्राइडे’ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि यसको आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले नाइमा मोबिलिटी एक्स्पोको अवसरमा यो एसयूभी सार्वजनिक गरेको हो। फोरथिङ फ्राइडेको लक्जरी भेरियन्टको प्रारम्भिक मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ, जुन एक्स्पोपछि ५० लाख ९६ हजार रुपैयाँ हुनेछ। यस्तै, एक्स्क्लुसिभ भेरियन्टको मूल्य नाइमामा ५४ लाख ९६ हजार रुपैयाँ र एक्स्पोपछि ५६ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ। कम्पनीले गाडी खरिदकर्तालाई एक वर्षको अटो प्लस बिमा पनि निःशुल्क प्रदान गर्नेछ।
फोरथिङ फ्राइडेमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसले एकपटकको फुल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ। यसमा ९९ किलोवाटको मोटर जडान गरिएको छ। यो एसयूभीको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम रहेको छ भने ह्वीलबेस २७१५ एमएमको छ। गाडीमा १९ इन्चको अलोय ह्वील, प्यानारोमिक सनरुफ, इलेक्ट्रिक टेलगेट, वायरलेस फोन चार्जर, मल्टी ड्राइभ मोड, र ६ स्पिकरसहितको म्युजिक सिस्टमजस्ता फिचरहरू उपलब्ध छन्। साथै, यो गाडीमा भेन्टिलेटेड, हिटेड, मसाज र मेमोरी सिट, ८.८ इन्चको एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टमजस्ता प्रिमियम सुविधाहरू पनि समावेश गरिएको छ। स्टाइल, सुविधा र प्रदर्शनको सन्तुलन कायम गरेको यो मोडेल नेपाली ईभी बजारमा आकर्षक विकल्पका रूपमा आएको छ।



















प्रतिकृया