माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी बढ्नु र इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफा बढेको हो।
चौथो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी १६.५१ प्रतिशतले बढेर ७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।
यता, इम्पेयरमेन्ट चार्ज १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको खराब कर्जा अनुपात ०.०३ प्रतिशतबिन्दुले घटेर ३.८३ प्रतिशतमा सीमित भएको छ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ८४ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड रुपैयाँ र जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ। यस्तै, प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।


प्रतिकृया