नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणपत्रमा आवेदन दिने आज (जेठ २५ गते) अन्तिम दिन हो। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। निफ्राले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ‘६ प्रतिशत निफ्रा ऊर्जा ऋणपत्र २०८८–८९’ नामक ऋणपत्र सार्वजनिक रूपमा निष्कासन गरेको हो।
प्रतिइकाई १ हजार रुपैयाँ दरका ५० लाख इकाई ऋणपत्रमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ। बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ, जसमा १ लाख इकाई सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।
सात वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ। न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन मिल्ने व्यवस्था छ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआइएमबी एस क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। लगानीकर्ताहरूले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।











![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)




![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया