लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारण सभा पुस २९ गते मंगलबार काठमाडौँको सिल्भर ओक व्याङ्क्वेट एण्ड इभेन्ट सेन्टर, गैन्धारामा बिहान ११ बजे आयोजना गर्ने भएको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभाको मिति तय गरिएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ, जसमध्ये ४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। साथै, सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू पारित गर्नेछ।

कम्पनी ऐन, २०६३ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन, नियमनकारी निकायको निर्देशनअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। बोनस सेयर जारीपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ३० करोड ७७ लाख ९३ हजार ९२० रुपैयाँ कायम गर्ने तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकम अनुमोदन गर्ने प्रस्ताव पनि सभामा समावेश छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हुँदा पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स