एनएलजी इन्स्योरेन्सको हकप्रद भर्ने समय थपियो, अब कहिले सम्म आवेदन दिन सकिने?

एनएलजी इन्स्योरेन्सको हकप्रद भर्ने समय थपियो, अब कहिले सम्म आवेदन दिन सकिने?
AdvertisementAds

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरिएको छ । कम्पनीले गत मंसिर ११ गतेदेखि निष्काशन गरेको हकप्रदमा आवेदन दिने समय थप गरिएको हो ।
उक्त हकप्रदमा खरिदका लागि पुस १ गतेसम्म खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।तर अब हकप्रद खरिदका लागि पुस १६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले चुक्तापूँजीको १०ः६.२५६ अनुपातमा १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको छ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्काशन गरेको हकप्रद खरिद गर्न योग्य हुनेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ। हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख रुपैयाँ पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स