नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३८.६१ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
खुद ब्याज आम्दानी ६.५० प्रतिशतले घटेर १० अर्ब ३१ करोड रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी १.६५ प्रतिशतले घटेर १२ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको छ। इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५ करोड रुपैयाँबाट घटेर १ अर्ब २० करोड रुपैयाँमा आएको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.६५ प्रतिशतले घटेर १२ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा २२.२६ प्रतिशतले बढेर ६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।
खराब कर्जा अनुपात ०.४१ प्रतिशत बिन्दुले घटेर १.५३ प्रतिशत पुगेको छ।
यो पनि पढ्नुहोस्: ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी घट्यो, कति कमायो नाफा? | BAJARKO CHIRFAR
समीक्षा अवधिमा बैंकले ४ खर्ब ५५ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २७ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने जगेडा कोषमा ३० अर्ब ८४ करोड रुपैयाँ सञ्चित छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ४ रुपैयाँ ९४ पैसाले बढेर १७ रुपैयाँ ७४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ रहेको छ।


प्रतिकृया