सिटिजन लाइफ इन्स्योरेन्स माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २७ गते
सिटिजन लाइफ इन्स्योरेन्स माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले जोखिम, कम्प्लायन्स, फाइनान्स तथा एकाउन्ट्स विभागका लागि ‘क्वालिफाइड/सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट’ पदमा अफिसर लेभलका केही कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार सो पदमा आवेदन दिन चाहने उम्मेदवारले सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव हुनुका साथै इन्स्योरेन्स व्यवसायको आधारभूत ज्ञान हुनुपर्नेछ ।

योग्यता प्राप्त सीए (Qualified CA) ले मान्यताप्राप्त संस्थाबाट चार्टर्ड एकाउन्टेन्सीको डिग्री हासिल गरेको हुनुपर्ने र सेमी क्वालिफाइड सीए (Semi Qualified CA) का उम्मेदवारले क्याप II वा सो सरह परीक्षा पास गरी ३ वर्षको आर्टिकलशिप पूरा गरेको हुनुपर्ने उल्लेख गरिएको छ। इच्छुक उम्मेदवारले आफ्नो अद्यावधिक बायोडाटा, फोटो, कभरिङ लेटर र अन्य आवश्यक कागजात सहित आवेदन मंसिर ५ गतेभित्र [email protected] मा पठाउनुपर्ने कम्पनीले जनाएको छ ।

691580cb95dcd https://bajarkochirfar.com/employee-applies-for-citizen-life-insurance-when-can-the-application-be-submitted | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स