सिटिइभिटीले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन?

सिटिइभिटीले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन?

प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्रशासन, इन्जिनियरिङ, लेखा तथा कानुन सेवातर्फ ९८ जना कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ। परिषद्का अनुसार प्राविधिक तथा प्रशासन सेवाका विभिन्न पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो।

योग्यता पुगेका नेपाली नागरिकले सिटिइभिटीको विद्युतीय दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ। उमेर हदअनुसार अधिकृत द्वितीय श्रेणीका लागि ४० वर्ष ननाघेको, अधिकृत तृतीय श्रेणीका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, सहायक स्तरका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।

सिटिइभिटीका अनुसार इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन २३ गतेसम्म सामान्य दस्तुरमा र फागुन ३० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन्।

627052129 1592353741806631 6518038781834348101 n https://bajarkochirfar.com/ctevt-has-asked-for-a-large-number-of-employees-for-which-positions-can-applications-be-made | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स