५  समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि समितिले माग्यो आवेदन

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ४ गते
५  समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि समितिले माग्यो आवेदन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलेआइतबार समस्याग्रस्त आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई आफ्नो रकम फिर्ताको लागि आवेदन दिन आह्वान गरेको छ।

समितिले काठमाडौंको नयाँ बजारस्थित आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीसँगै यससँग सम्बन्धित अन्य सहकारी संस्था—तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, सगरमाथा बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, घुदुङ बहुउद्देश्यीय सहकारी तथा आइडियल यमुना बहुउद्देश्यीय सहकारीमा लगानी गरेका सदस्य बचतकर्ता र साहुहरुसँग मागदाबी गर्न अनुरोध गरेको हो।

सहकारी संस्थाहरू समस्याग्रस्त घोषणापछि समितिमा परेको आवेदनका आधारमा अब सबै दाबीकर्ताले आफूले पाउनुपर्ने रकमसहित प्रमाणसहितको विवरण समितिको वेबसाइटमार्फत अनलाइन आवेदन पेश गर्नुपर्नेछ।

समितिले आवेदन दिन ३५ दिनको समयसीमा तोकेको छ। निर्धारित समयभित्र दाबी नगर्नेले पछि दाबी गर्दा अप्ठ्यारो हुन सक्ने भएकाले समयमा नै प्रक्रिया पुर्‍याउन समितिले आग्रह  गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स