पुस १६ गतेसम्म सेयरधनी बने पाइन्छ एलआईसी नेपालको २१ प्रतिशत लाभांश ?

पुस १६ गतेसम्म सेयरधनी बने पाइन्छ एलआईसी नेपालको २१ प्रतिशत लाभांश ?

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लिमिटेडको लाभांश सुरक्षित गर्ने पुस १६ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा भाग लिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको छ। यसमा २० प्रतिशत नगद लाभांश (१ अर्ब १० करोड रुपैयाँ) र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत गरी कुल १ अर्ब १५ करोड ७८ लाख ९४ हजार ७३७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समावेश छ। उक्त लाभांश पारित गर्न कम्पनीले पुस ३० गते २४औं वार्षिक साधारण सभा बोलाएको छ। सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११:१५ बजेदेखि  सुरु हुनेछ।

सभामा लाभांश पारित गर्नुका साथै अध्यक्षद्वारा सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०८१/८२ प्रस्तुत गरी अनुमोदन गरिनेछ। साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वासलात, आ.व. २०८१/८२ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।साथै, आ.व. २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स