प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई वितरण गरेको १८ प्रतिशत बोनस सेयर सम्बन्धित डिम्याट (हितग्राही) खातामा जम्मा भएको छ।कम्पनीको साउन २३ गते सम्पन्न उनन्तीसौं वार्षिक साधारणसभाले साउन १ गतेसम्म कायम सेयरधनीहरूका लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडका अनुसार उक्त बोनस सेयर नेप्से र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने गरी सेयरधनीको डिम्याट खातामा पठाइएको हो।
यद्यपि, साउन १ गतेसम्म कम्पनीको सेयर धितो राखी ऋण लिएका सेयरधनीको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा लाभांश रोक्का राखिएको छ। यस्तो अवस्थामा सम्बन्धित संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्र बोनस सेयर खातामा जम्मा गरिने कम्पनीले जानकारी दिएको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया