राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा भोलि सार्वजनिक गर्ने भएको छ। अनुसन्धान विभागले तयार पारेको मस्यौदा गभर्नरले अध्यक्षता गर्ने व्यवस्थापन विभागले पास गरिसकेको छ। अब संचालक समितिले पास गरेपछि समीक्षा सार्वजनिक हुनेछ।
भोलि बिहान ८ बजे संचालक समितिको बैठक बोलाईएको एक संचालकले बजारको चिरफारलाई बताए। संचालक समितिबाट पास हुनेबित्तिकै समीक्षा सार्वजनिक हुनेछ।
ब्याजदर घट्दो क्रममै रहेको, मुद्रास्फीति पनि नियन्त्रणमै रहेको र सरकारले बजेट पनि छिट्टै सार्वजनिक गर्ने हुँदा बजेटको लक्ष्य र आवश्यकताअनुसार साउनमा आउने आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा मात्रै नीतिगत परिवर्तन गर्ने पक्षमा राष्ट्र बैंक रहेकाले त्रैमासिक समीक्षामा खास ठूलो परिवर्तन गर्ने पक्षमा राष्ट्र बैंकको उच्च व्यवस्थापन देखिँदैन।
बाह्य अर्थतन्त्रको अवस्था मजबुत रहेता पनि आन्तरिक अर्थतन्त्र शिथिल हुँदा आर्थिक मन्दीको सामना गरिरहनुपरेको वर्तमान अवस्थामा राष्ट्र बैंक सेयर बजार, घर जग्गा, हायर पर्चेज लगायतका क्षेत्रमा केहि लचिलो रुपमा प्रस्तुत हुनुपर्ने माग निजी क्षेत्रले राखेको भए तापनि यी विषयहरुमा आउने मौद्रिक नीतिबाटै सम्बोधन गरिने राष्ट्र बैंकका उच्च अधिकारीहरु बताउँछन्।
#bajarkochirfar




















प्रतिकृया