प्रचण्ड भन्छन्, “मलाई एमाले भित्र रहेका देशभक्तहरुको बारेमा चिन्ता छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण १३ गते
प्रचण्ड भन्छन्, “मलाई एमाले भित्र रहेका देशभक्तहरुको बारेमा चिन्ता छ”

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई एमाले भित्र रहेका देशभक्तहरुको बारेमा चिन्ता रहेको बताएका छन् ।

शनिबार पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै रहेको बताउदै उनीहरुलाई कसरी जोड्ने भन्नेमा आफ्नो चिन्ता रहेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘पहिलो प्रयास असफल भएपछि अहिले पनि मैले कम्युनिष्ट एकताको प्रयास अघि बढाएको थिएँ, तर सफल भएन । एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै छ । कम्युनिष्ट आन्दोलनप्रति ठूलो त्याग गरेका, योगदान गरेका मानिसहरु छन् । मेरो चिन्ता त्यो पंक्तिसँग हामी सबै सञ्चा कम्युनिष्ट क्रान्तिकारी भन्नेहरु कसरी जोडिने भन्नेबारेमा चिन्तनमनन गरिराख्नुपर्नेछ ।’

सो कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालम जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतले पनि सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स